www.tandavnews.com
Fact ~ In search of truth

‘बीच भलिबल’ मैदानको निर्माण कार्य अन्तिम चरणमा

सुशान्त गाहा मगर,
ताण्डव /न्यूज पोखरा ।

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बीच भलिबलका लागि निर्माणाधिन मैदानको काम अन्तिम चरणमा पुगेको छ ।

लेकसाईड स्थिल फेवा किनार (नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गा) मा निर्माणाधिन मैदानको निर्माण कार्य तीब्र पारेसँगै अन्तिम चरणमा पुगेको हो ।

हप्ता दिनमै सम्पन्न गर्ने गरी निर्माण कार्य तीव्र पारिएको उक्त मैदानको निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भैसकेको बीच भलिबल व्यवस्थापन समितिका संयोजक भिम पराजुलीले बताए । उनले आगामी २० गते सम्म निर्माण सम्पन्न गर्ने गरि काम तीव्र पारिएको जानकारी दिए । ‘आजै सम्याउन सक्छौ, उनले भने, ‘त्यसपछि बालुवा हाल्छौ अनि पोल गाड्ने मात्र काम बाँकी रहन्छ ।’

पराजुलीले मैदान निर्माण सकिएपछि महिला र पुरुषका लागि फरक फरक चेन्जिङ रुम र शौचालय व्यवस्थापनको काम गर्ने बताए । उनले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४ वटा बीच भलिबल कोर्ट बन्ने बताउँदै १ हजार ५ सय बढि दर्शक क्षमताको कृत्रिम प्याराफिट समेत निर्माण गरिने उल्लेख गरे ।

त्यस्तै स्थलगत अवलोकनमा पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले निर्माणाधिन मैदानको लागि राखेपले ५२ लाख विनियोजन गर्ने आश्वासन दिएको बताउदै जोखिम मोलेर आफ्नै खर्चमा निर्माण कार्य तीव्र पारिएको बताए ।

उनले पुरानो १ कोर्ट रहेको बताउदै नयाँ ३ कोर्ट निर्माणका लागि खाल्डाखुल्डी पुर्न ५ हजार घनमिटर माटो खपत भएको जानकारी दिए । गुरुङले मैदान लेवलिङ गरेर डेढ फिट बालुवा हाले पश्चात भलिबल मैदान प्रारम्भिक तयार हुने बताए ।

उनले हप्ता दिनमै मैदानको सबै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउदै नेपाली राष्ट्रिय बीच भलिबलको टोली प्रशिक्षणका लागि पोखरा आउने कार्यक्रम समेत रहेको बताए ।

गुरुङका अनुसार आगामी मंसिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा बीच भलिबलसँगै भारात्तोलन, महिला फुटबल, महिला र पुरुष ह्याण्डबल, प्याराग्लाईडिङ, आर्चरी र ट्रायथोलन प्रतियोगिता हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.