www.tandavnews.com
Fact ~ In search of truth

दोहोरी गित प्रतिष्ठानको केन्द्रीय महाधिवेशनको लागि सचिवालय तयार

पोखरा,
ताण्डव न्युज ।

 

आगामी मंसिर ६,७ र ८ गते पोखरामा हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठाननेपालको ७ औँ केन्द्रिय महाधिवेशनको लागि सहज होस भनेर हिजो(बुधबार) सचिवालयको उदघाटन गरिएको छ ।

यहाँको सभागृह नजिकै राखिएको सचिवालयको केन्द्रीय अध्यक्ष बद्री पंगेनीले रिबन काटेर उद्घाटन गरे । उद्घाटन पछि बोल्दै पंगेनीले अधिवेशन सफल बनाउन सबैलाइ आग्रह गरे ।उनले महाधिवेशनको लागि आर्थिक पाटो मुख्य भएकोले सबैको साथ र सर्पोट चाहिने बताए । ‘सचिवालयलाई कसरी चुस्त दुरुस्त बनाउने भन्नेतर्फ लाग्न पर्छ । कोहि छुटेको छ कि छैन, दोहोरिएको छ कि सबै हेर्न पर्छ,’ उनले भने ।

Batas

कार्यक्रममा पूर्व अध्यक्षहरु प्रजापती पराजुली र पुरुषोत्तम न्यौपानेले बोलेका थिए । सचिवालयको बारेमा जानकारी दिदैँ राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले बिहान ७ बजे देखि सचिवालयमा काम सुरु हुने बताए ।

उनले केन्द्रीय अधिबेशनको काम गण्डकी प्रदेशलाई आएको हुँदा सबैको साथ चाहिने बताए । उनका अनुसार कास्की प्रतिष्ठान सदस्य रचित पौडेललाई सचिवालय सचिवमा राखिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.