www.tandavnews.com
Fact ~ In search of truth

बग्दादी मारिएको पुष्टि, आइएसको नयाँ नेता अल हाशेमी

एजेन्सी।

जिहादी समूह इस्लामिक स्टेट (आइएस)ले आफ्ना नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ ।

बग्दादीको मृत्युसँगै आइएसले अबु इब्राहिम अल–हाशेमी अल कुराशीलाई नयाँ नेता चयन गरेको जनाएको छ ।सिरियामा अमेरिकी सेनाको विशेष फौजले कारबाही गरेपछि गएको शनिबार अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफ्नै ज्यान लिएका थिए ।

त्यसको लगत्तै गरिएको अर्को एक छुट्टै कारबाहीमा उक्त समूहका प्रवक्ता अबु अल(हसन अल(मुजाहिर पनि मारिएका आइएसले बिहीबार पुष्टि गरेको छ । अल मुजाहिरलाई बग्दादीको उत्तराधिकारीकारुपमा हेरिएको थियो । उनको पनि मृत्यु भएपछि चरमपन्थी समूहले अल हाशेमीलाई नयाँ नेता चयन गरेको हो ।

आइएसले नयाँ नेता हाशेमीलाई ‘क्यालिफ’ अर्थात् स्वघोषित ईश्वरबाट शासित व्यवस्थाको नयाँ शासक घोषणा गरेको हो ।आइएसले आफ्ना नयाँ नेता हाशेमीकाबारेमा धेरै जानकारी दिएको छैन । उनको कुनै तस्वीर पनि सार्वजनिक गरेको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.