www.tandavnews.com
Fact ~ In search of truth

बाग्लुङमा ४.५ म्याग्निच्यूडको भूकम्पको धक्का

काठमाडौं।

बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको छ ।शुक्रबार बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।

बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।यो गोरखा भुकम्पको पराकम्प नभई नयाँ भुकम्पको धक्का भएको जनाइएको छ ।

शुक्रबार बिहानको भूकम्पको धक्का छिमेकी जिल्लाहरु गुल्मी, प्यूठान, रोल्पा र रुकुममासमेत महसुस गरिएको स्थानीयले बताएका बाग्लुङका इमेजकर्मी डम्मर बुढामगरले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.