www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा जिप दुर्घटना, दुईको मृत्यु

म्याग्दी ।

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो ।

मृतकमध्ये मालिका गाउँपालिका–२ का सकबहादुर विकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए । अर्का एक मृतकको पहिचान खुलेको छैन ।

प्रहरी निरीक्षक शर्माका अनुसार जिपभित्र बसेका १५ जना सकुशल छन् । छतमा चढेका तीन जना जिप पल्टिँदा उछिट्टिएर सडकको डिलबाट भिरमा खसेका थिए । रुखमा अड्किएका एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उकालो बाटोमा जिप पछाडि घस्रिएर सडकमै पल्टिएको घटनास्थल पुगेका मालिका गाउँपालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले बताए । इलाका प्रहरी कार्यालय दरवाङबाट गएको प्रहरी टोली, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीयवासीहरु उद्धारमा खटिएका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.