www.tandavnews.com
Fact ~ In search of truth

फेरि उकालो लाग्न थाल्यो सुन

काठमाडौं ।

निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । बिहीबार छापावाला सुन ७० हजार ५ सय रुपैयाँमा खरीद बिक्री भएको थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि ७ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य पनि १० ले वृद्धि भएर प्रतितोला ८७० रुपैयाँ पुगेको छ ।

पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुई पटक घटेको छ भने चार पटक वृद्धि भएको छ । कात्तिक १ गते छापावाला सुन प्रतितोला ७० हजार ६०० र तेजाबी सुन ७० हजार ३ सय रुपैयाँमा खरीद बिक्री भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.