www.tandavnews.com
Fact ~ In search of truth

बागलुङकाे जङ्गलमा दुई बालबालिकासहित तीन जनाकाे शव फेला

बलेवा । 

बागलुङको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जङ्गलमा आज दुई बालबालिकासहित तीन जनाका शव फेला परेका छन् ।

चन्द्रपुर–३ पोखरीयाको जङ्गलमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए। गुल्मीतर्फको जङ्गलमा शव फेला परेका गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले बताए ।

Batas

अन्दाजी २६ वर्षीया महिला, सात वर्षीय बालक र पाँच वर्षीया बालिकाको शव फेला परेको हो । स्थानीयले घाँस दाउरा गर्नेक्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा गुल्मीबाट प्रहरी टोली पुग्दै गरेको भट्टराईले बताए । “नजिकको प्रहरी कार्यालयभन्दा पाँच घण्टा टाढा घटना भएको हो”, उनले भन्नुभयो, “प्रहरी पुगेपछि मात्रै उनीहरुको पहिचान हुन्छ ।” घटनाको विषयमा थप जानकारी आउन बाँकी छ । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.