www.tandavnews.com
Fact ~ In search of truth

विद्याले पाउने भइन् टिकट, पार्टीले आइतबार घोषणा गर्दै

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा हुने उपनिर्वाचनका लागि नेकपा जिल्ला कमिटिले सिफारीस गरेकै नामलाई केन्द्रले अनुमोदन गरेको छ । नेकपा कास्कीले विद्या भट्टराईको नाम सिफारीस गरेको थियो ।

कास्की क्षेत्र नं २का प्रतिनिधि सभा सदस्य रवीन्द्र अधिकारीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । अनुमोदीत भएकी भट्टराई रवीन्द्र पत्नी हुन् । भट्टराई पुरानो विद्यार्थी नेतृ पनि हुन् । उम्मेदवारीसँगै भट्टराईको राजनीतिमा ‘कम ब्याक’ हुने छ ।

Batas

यता जिल्ला कमिटिले सिफारीस गरेको नाममा प्रदेश कमिटिले सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ समेत थपेर केन्द्रमा पठाएको थियो ।

उपनिर्वाचनका लागि भट्टराईको नाम पार्टी सचिवालयले अनुमोदन गरेको नेकपा कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

अन्य स्थानमा हुने उपनिर्वाचनका लागि सिफारीस नामहरुको टुङ्गो लगाउनु पर्ने भएकाले पार्टीको आइतबार भोली बस्ने बैठकपछि उम्मेदवारको नाम घोषणा गरिने पार्टीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.