www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा सञ्चालित गाईपालन परियोजना क्षेत्र अवलोकन

पोखरा ।

गण्डकी प्रदेश सरकारको आयोजना एवं चीन सरकारको चाइना सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा सञ्चालन हुनलागेको गाईपालन परियोजना सञ्चालनका लागि शनिबार तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ मा स्थलगत अवलोकन गरिएको छ ।

गण्डकी प्रदेशका निमित्त प्रमुखसचिव गणेश पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत ढकाल, गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका पदाधिकारीसहितको टोलीले परियोजना सञ्चालनस्थल अवलोकन गरेको हो ।

Batas

गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका सदस्य हर्क गुरुङका अनुसार टोलीले परियोजना सञ्चालनस्थल, त्यहाँको भूगोल, सम्भाव्यता एवं चुनौतीलगायतका विषयमा जानकारी लिएको थियो ।

चाइना सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने गाईपालन परियोजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाका झग्रेडाँडा, जाउनेपन्ध्रे, झर्लाङी, चुनीडाँडालगायतका स्थानमा गाईपालन गर्न लागिएको गुरुङले जानकारी दिए ।

समुदायलाई गाईपालनमार्फत आर्थिक समृद्धितर्फ उन्मुख गराउने परियोजना सञ्चालन हुने तयारीसँगै स्थानीयवासी उत्साहित भएको उनले बताए । परियोजना सञ्चालन गर्न लागिएको यो ठाउँ तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किमी दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पर्दछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.