www.tandavnews.com
Fact ~ In search of truth

सुनकोशी नदीमा बस खस्दाँ ६को मृत्यु, मृतकको संख्या बढ्नसक्ने

सिन्धुपाल्चोक।

सिन्धुपाल्चोकमा बस नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा यात्रुवाहक बस खसेको हो। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस नदीमा खसेको हो।

घटनास्थलमा ६ जनाको शव फेला परेको प्रत्यक्षदर्शीले जनाएका छन् । मृतक संख्या बढ्नसक्ने बताइएको छ। घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल लाने काम भइरहेको छ। बसमा कम्‍तीमा ३५ भन्दा बढी सवार रहेको प्रहरीको अनुमान छ। घटनाबारे थप विवरण आउँन बाँकी छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.