www.tandavnews.com
Fact ~ In search of truth

मनाङ घुम्न गएका विदेशी नागरिको मृत्यु, एक बिरामी

पोखरा ।

मनाङ घुम्न गएका विदेशी नागरिकको मृत्यु भएको छ ।

मनाङ नार्पाभुमी गाउँपालिका अन्तर्गत रहेको हिमलुङ हिमाल बेसक्याम्पमा अन्नपूर्ण पदमार्ग पुगेका स्पानोल (ESPANOL) का पासपोर्ट नम्वर PA1678638 भएका फेरनानो शानचीज ग्रास्सा (FERNANO SANCHEZ GRASSA)को मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

पासपोर्ट नम्वर PAG300259 भएका सोही देशका जीसुसु डेल शानचीज ग्रास्सा (JESUSU DEL SANCHEZ GRASSA)बिरामी भएका छन् । उनलाई डाईनेष्टिक एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उक्त स्थानमा प्रहरी निरीक्षक श्रवण कुमार बि.क.को कमाण्डमा २ जनाको अनुसन्धान टोली खर्टिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.