www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ । 

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आज पदमुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को आजको निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त व्यवस्था छ ।

Batas

पदमुक्त प्रदेश प्रमुखमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ (धनकुटा), प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ (काठमाडौँ), प्रदेश नं. ३ का अनुराधा कोइराला (काठमाडौँ), गण्डकी प्रदेशका बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश नं ५ का उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशका दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल (कैलाली) हुनुहुन्छ । उहाँहरुलाई अघिल्लो सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो ।

निर्वाचन सम्पन्न भइसकेपछि ती प्रदेश प्रमुख नियुक्त भएकाले नयाँ सरकारले राजनीतिक निर्णयबाट हटाउने आकलन गरिँदै आएको थियो । सरकारले यसअघि निर्वाचन आचारसंहिता लागू भएपछि अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको थियो ।(रासस)
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.