www.tandavnews.com
Fact ~ In search of truth

उपनिर्वाचनका लागि नेकपाले टुंग्यायो उम्मेद्वार

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपनिर्वाचनका लागि उम्मेद्वार टुंगो लगाएको छ । अाज (आइतबार) साँझ बसेको सचिवालय बैठकले आगामी १४ मंसीरमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार तय गरेको हो ।

नेकपाले कास्की–२, मा विद्या भट्टराईलाई उम्मेद्वार बनाउने भएको छ ।

Batas

नेकपाले भक्तपुर–१, (क) मा विमला वली र दाङ–३, (ख)मा देवीप्रसाद ढकाललाई उम्मेद्वार बनाउने भएको छ । बाग्लुङ–२, (ख)मा भने जनमोर्चाको उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको छ ।धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.