www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै

म्याग्दी ।

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ ।

दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका–७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिएका छन् ।

‘आइतबार साँझ दुर्घटना भएको र रात परेकाले उद्धारमा केही समस्या भयो’, प्रहरी निरीक्षक शर्माले भने, ‘उनका अनुसार सख्त घाइते भएका १२ जनालाई बेनी अस्पतालमा रिफर गरिएको छ ।

Lama collectio News Middle

घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय बिममा अध्ययन गर्ने विद्यार्थी रहेका छन् । उनीहरु दशैँ तिहारको बिदा सकिएपछि विद्यालय फर्किएका विद्यार्थी रहेका जनाइएको छ ।

दुर्घटनामा परी घाइते भएका बसका चालक मङ्गला गाउँपालिका–१ पैयुपाँटाका टेकबहादुर सार्कीसहित १२ जनालाई बेनी रिफर गरिएको र अन्यको दरवाङस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकदेखि करीब २०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन ।

घाइतेको नामावली

१ –मालिका गापा ७ बिमका ६० वर्षीय राजमान दर्जी
२- मालिका ७ बिमका हुमबहादुर जुग्जाली
३ –मालिका ७ बिमका ३८ वर्षीय पलप्रसाद जुग्जाली
४- मालिका ७ बिमकी २६ वर्षीय नरदेवी परियार
५- बेनी नगरपालिका–९ घतानका १६ वर्षीय विसन खत्री
६- बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल
७ –बाग्लुङ ताराखोला गाउँपालिका ५ बस्ने १७ वर्षीय विजय कँडेल
८- बेनी नगरपालिका–४ राक्ष बस्ने १९ वर्षीय प्रमिस पौडेल
९- मालिका गाउँपालिका–७ का २६ वषीया दिलु शेरपुञ्जा
१०- बिमकीे ६ वषीया कृष्टिना जुग्जाली
११- बिमकी ६१ वर्षीया तनदेवी जुग्जाली
१२ –बिम बस्ने ६० वर्षीया चन्द्रकली दर्जी
१३- बिमकी ३८ वर्षीया पलदेवी जुग्जाली
१४- बिम बस्ने सुरेश जुग्जाली
१५- बिम बस्ने ३१ वर्षीया लिला जुग्जाली
१६ –धौलागिरि गाउँपालिका–३ दर बस्ने १८ वर्षीयाा रिल माया बूढा
१७ –बेनी नगरापलिका–३ भकिम्ली बस्ने ३५ वर्षीय केशव शर्मा न्युरे
१८- मङ्गला गाउँपालिका–५ छिसवाङ बस्ने २२ वर्षीया रमिला खत्री रहेको छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery