www.tandavnews.com
Fact ~ In search of truth

काभ्रेपलाञ्चोकमा वडाध्यक्षको उम्मेदवार छान्न सकस

काभ्रेपलाञ्चोक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रैस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा र कांग्रेसले वडाध्यक्षको उम्मेदवारबारे कुनै निष्कर्ष निकाल्न सकेको छैनन् ।

नेकपाका जिल्लाध्यक्ष रुकु चौलागाईले यसबारे पार्टीको जिल्ला नेतृत्व र स्थानीय नेता गम्भीर छलफलमा जुटेकाले यो हप्तासम्ममा वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाइने बताए। ‘निर्वाचित हुने पक्का भएको स्थानमा उम्मेदवार छान्न सकस नै हुन्छ’, उनले भने ।

Batas

नेकपाका चार जनाले वडाध्यक्षको उम्मेदवारीमा दावी गर्दै आउनुभएको अध्यक्ष चौलागाईले बताए । हालसम्म नेकपा स्थानीय तह नगर र गाउँ कमिटी गठन नहुँदा जिल्ला कमिटी नेतृत्वले नै वडाध्यक्षको उम्मेदवार छान्न छलफल चलाउँदै आएको हो । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा १६५ वडा छन् ।

तत्कालीन निर्वाचित वडाध्यक्ष राजन कोइरालाको उपचारका क्रममा २०७४ भदौ १० गते मृत्यु भएको थियो । निर्वाचित भएको तीन महिनापछि अर्थात् विंसं २०७४ भदौ ४ गते साँझ घर नजिकै अज्ञात समूहको आक्रमणबाट टाउको र छातीमा गम्भीर चोट लागि अचेत भई लडिरहेको अवस्थामा भेटिएपछि उनलाई उपचारार्थ अस्पताल लगिएको थियो ।

प्रमुख प्रतिद्वन्द्वीका रुपमा नेपाली काङ्ग्रेसबाट गत निर्वाचनमा वडाध्यक्षमा पराजित बलराम कोइरालालगायत तीन जनाले वडाध्यक्ष उम्मेदवार आकांक्षी देखाएपछि कांग्रेसको धुलिखेल नपा–२ वडा समितिले क्षेत्रीय समिति हुँदै जिल्ला समितिलाई सिफारिस गरेको छ । ‘वडाध्यक्षको उम्मेदवारबारे अब जिल्ला कार्य समितिले चयन गर्नेछ’, कांग्रेसका ४ नम्बर क्षेत्रीय सभापति महेश खरेलले भने।

निर्वाचन आयोगले स्थानीय तहमा उपनिर्वाचनका उम्मेदवारका लागि कात्तिक २७ गते र २९ गते अन्तिम नामावली प्रकाशन तथा आउँदो मङ्सिर १४ गते मतदानको कार्यतालिका तय गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.