www.tandavnews.com
Fact ~ In search of truth

महिला भलिबल टोली स्वदेश फर्कंदै

काठमाडौं।

घरेलु भूमिमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र प्रथम एभिसी एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको तयारीका लागि थाइल्यान्ड गएको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज स्वदेश फर्कंदै छ ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि २० दिन थाइल्यान्डमा रहेको नेपाली टोली आज साँझ स्वदेश फर्कन लागेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।वैदेशिक प्रशिक्षणका लागि नेपाली टोली गत असोज २९ गते थाइल्यान्ड गएको थियो । नेपाली टोलीले त्यहाँ सात अभ्यास खेल खेलेको थियो । नेपालले चार खेलमा जीत तथा तीनमा हार बेहोरेको थियो ।

नेपालले अब बङ्गलादेशमा हुने सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपमा भाग लिनेछ । उक्त प्रतियोगिता कात्तिक २२ देखि २७ गतेसम्म हुँदैछ । त्यसपछि नेपाली टोली १३औँ सागको तयारीमा जुट्नेछ । तेह्रौँ साग आगमी मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा हुँदैछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.