www.tandavnews.com
Fact ~ In search of truth

निवर्तमान सभामुख महरा जेल चलान

काठमाडौं।

निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन् । महरालाई जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई हिजो (सोमबार)अपराह्न डिल्लीबजार कारागार चलान गरिएको हो ।जिल्ला अदालतमा आइतबार र सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउने आदेश दिएको हो ।

Batas

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयासको आरोप लागेपछि गएको असोज १९ गते पक्राउ परेका महरा प्रहरी हिरासतमा बस्नुपर्ने अवधिभर भने नर्भिक अस्पतालमा बस्दै आएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.