www.tandavnews.com
Fact ~ In search of truth

बाला चर्तुदशीको दिन हरिहर गुफामा भजन चुड्का प्रतियोगिता

पोखरा,

ताण्डव न्युज ।

हरिहर गुफा सन्यास आश्रम पोखरा–२० भलाम मैजामा बाला चतुर्दशी (सद विजारोपण) पर्वको अवसरमा भजन चुड्का प्रतियोगिता हुने भएको छ ।

Batas

मंसिर ९ गते सोमबारको दिन वाला चर्तुदशीको अवसरमा आश्रमले पहिलो पटक भजन चुड्का गर्न लागेको हो । भजन चुड्का उपसमितिका संयोजक महेन्द्रराज पौडेलले भलामलाई धार्मिक पर्यटक क्षेत्रको रुपमा गराउनको लागि वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

‘यो पटक भजन चुड्का प्रतियोगितालाई जोडेका छौं । प्रतियोगितामा १० देखि १५ जनाको सहभागी संख्या हुनुपर्ने र बाद्यवादन सामाग्री टिम स्वयम व्यवस्था गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘टिम दर्ताको लागि दुई हजार रुपैयाँ लाग्नेछ ।’

पौडेलका अनुसार भजन चुड्का प्रतियोगितामा प्रथम, द्धितीय र सान्त्वनालाई क्रमश ३० हजार, २० हजार र ५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट नृत्य र भेषभुषाले ५÷५ हजार रुपैयाँ पाउने व्यवस्था रहेको उनले जानकारी दिए ।

प्रतियोगिता वडा नं २० को आर्थिक सहयोगमा हुन लागेको हो । वडा नं २० का अध्यक्ष सिमबहादुर गुरुङले वाला चर्तुदशी पर्व वडा, महानगरमा मात्र सिमित राख्नुभन्दा नेपालभर नै धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ भन्दै भव्य रुपमा भजन चुड्का कार्यक्रम अगाडि सारिएको जानकारी दिए ।

यसको लागि वडाबाट विशेष पहल रहेको उनले सुनाए । हरिहर गुफा सन्यास आश्रमका कार्यवाहक अध्यक्ष अर्जुनबहादुर खत्रीले उक्त दिन पोखरा लगायत आसपासबाट भक्तालुहरु सद बिजारोपण गर्न आउने बताए । उनका अनुसार यो पटक झन्डै ५० हजार भक्तालुहरु आउने अपेक्षा छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.