www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

प्रदेश प्रमुख परिवर्तन स्वभाविकः अध्यक्ष दाहाल

hima aus

काठमाडौं ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएको बताएका छन् ।प्रेस संगठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रक्रियालाई सामान्य रुपमा लिनुपर्ने बताए।

‘प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ’, उनले बताए,‘यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन ।’

Batas

नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले उनीहरुमाथिको सम्मान भएको जानकारी दिँदै अध्यक्ष दाहालले भने, ‘अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन छ, सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु स्वभाविक हो ।’

classic tech

पछिल्लो समय आफू जनताका कुरा सिंहदरबार पुर्याउने अभियानमा लागेको उल्लेख गर्दै उनले आगामी मङ्सिर महिनामा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारको जित सुनिश्चित भएको जिकिर पनि गरे ।

उपनिर्वाचनको तयारी भएको छ, हामीले सर्वसम्मतरूपमा उम्मेदवार टुंङ्गो लगाइसकेका छौँ’, अध्यक्ष दाहालले भने,‘उम्मेदवारलाई जिताउन पार्टी र जनसङ्गठनका सबै तह र तप्का खटिएका छन् हाम्रो जित सुनिश्चित छ ।’

नेकपा बाँके जिल्ला शाखाले आयोजना गरेको तिहार, छट, महरमलगायत पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन उनी नेपालगञ्ज पुगेका हुन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...