www.tandavnews.com
Fact ~ In search of truth

इन्टर्याक्ट सप्ताह अन्तर्गत प्रतिभाको विविध कार्यक्रम

पोखरा
ताण्डव न्यूज ।

विश्व इन्ट¥याक्ट सप्ताहको अवसरमा इन्ट¥याक्ट क्लब अफ प्रतिभा, पोखराले विविध कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रम अन्तर्गत क्लबले आज मंगलबार सचेतना ¥यालीको आयोजना ग¥यो ।

¥यालीपछि प्रतिभा सेकेण्डरी स्कुलको सभाहलमा क्लब स्थापनाको उद्धेश्य र कार्यहरुबारे जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै इन्ट¥याक्ट क्लब अफ प्रतिभाका अध्यक्ष बिप्लव थापाले क्लबमा आबद्ध रहेर जिम्मेवारीमा रहि कार्य गर्न पाउँदा खुसी लागेको बताए । रोटरी क्लब इन्टरनेसनल अन्तर्गत रहेको क्लबले पोलियो उन्मुलन, विद्यार्थीवर्गहरुको स्तरबृद्धीका लागी खेलेको भूमीका बारे प्रष्ट्याए । उनले अर्को हप्ता बृक्षारोपणको कार्यक्रम रहेको बताए ।

Batas

रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष अर्जुन थापाले बालबालिकाहरुलाई समाजिक कार्यप्रति लगाव र समाजप्रतिको उत्तरदायीत्व बोध गराउनकालागि इन्ट¥याक्ट क्लब सफल रहेको सुनाए । पोलियो उन्मुलनमा विश्वभर सफल भएको रोटरी क्लबले नेपाललाई सन् २०३०सम्म पूर्ण साक्षर देश घोषणा गर्ने अभियानमा लागेको जनाए ।

ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीले विद्यार्थीहरुको पहिलो प्राथमिकता स्कुल अध्ययन भएपनि सँगै सामाजिक र सांस्कारीक द्दान पनि अत्यावश्यक रहेको औंल्याए ।

प्रतिभा सेकेण्डरी स्कुलका प्रिन्सिपल बिश्वगोपाल पराजुली, इन्ट¥याक्ट क्लब अफ प्रतिभाकी कबिता बास्तोला लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन क्लबकी सचिव सफलता न्यौपानेले गरेकि थिइन् ।

११ देखि १८ वर्ष उमेर समूहकाहरु यस क्लबमा आबद्ध हुन सक्छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.