www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं ।

पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला २०० ले घटेको छ ।

छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ८०० कायम भएको महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ७१ हजारमा खरिदबिक्री भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सयले घटेको छ । महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । सोमबार तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको मुल्यमा पनि प्रतितोला ५ घटेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला ८६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.