www.tandavnews.com
Fact ~ In search of truth

वीरगञ्जमा अपहरणकारी पक्राउ

वीरगञ्ज ।

वीरगञ्जबाट प्रहरीले एक अपहरणकारीलाई पक्राउ गरेको छ । बालक अपहरण गरेका पर्साका राजकुमार दासलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । अपहरणमा परेका एक बालकको सकुशल उद्धार भएको जनाइएको छ ।

अपहरणकारी दासको दाहिने खुट्टामा गोली लागेको छ । काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.