www.tandavnews.com
Fact ~ In search of truth

वात्स्यायन वृद्धाश्रमलाई ‘अल्फा’को सहयोग

पोखरा,
ताण्डव न्यूज ।

डान्स क्रु ‘अल्फा टिम’ पोखराले देउसीभैलोबाट उठेको केही रकम वृद्धाश्रमलाई सहयोग गरेको छ ।

अल्फा टिमले कास्की बाच्छीबुडुवा स्थित वात्स्यायन वृद्धाश्रमलाई खाद्यान्नसहित आवश्यक सामाग्री सहयोग गरेको हो । टिमले वृद्धाश्रमलाई २ थान डस्ना, १ थान ग्याँस चुलो, १५ मिटर सिन्थेटिक म्याट, ५० केजीको २ बोरा चामल, ५३ केजी आलु, १० केजी दाल, वृद्धाको लागि ३ प्याकेट प्याम्पर्स, १ ग्यालिन फिनेल,१ थान हरपिक, १ प्याकेट ओडोनिल लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

Batas

अल्फा टिमका संयोजक विशाल गुरुङ र अल्फा टिमले उक्त सामाग्री वृद्धाश्रमका कार्यालय सचिव युवराज वाग्लेलाई हस्तान्तरण गरेका थिए । अल्फा टिमले हरेक वर्ष देउसी भैलोबाट उठेको रकमको केही रकम यसरी नै विभिन्न संघसंस्थालाई सहयोग गर्दै आइरहेको छ ।

रमाइलोसँगै सामाजमा आफ्नो दायित्व र कर्तव्य बोध गर्नुपर्ने सन्देश दिनका लागि पनि आफुहरुले थोरै भएपनि यस्ता विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको टिमका संयोजक विशाल गुरुङले बताए ।

भविष्यमा पनि आफ्नो टिमले विभिन्न कार्यक्रममार्फत रकम उठाई यस्ता संस्थाहरुलाई सहयोग गर्ने अल्फा टिमले प्रतिवद्धता व्यक्त गरेको छ ।
यस टिममा २६ जना सदस्य रहेका छन् ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.