www.tandavnews.com
Fact ~ In search of truth

आइपुगे गण्डकीका नयाँ प्रदेश प्रमुख अमिक शेरचन

पोखरा ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो पदभार ग्रहण गरेका छन् । बुधबार बुद्ध एयरको जहाजबाट पोखरा विमानस्थल ओर्लेका शेरचनले २ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन । उनलाई नेपाली सेनाले सलामी प्रदान गरेको थियो । हिन्दुधर्म अनुसार पुजाआजा गर्दै शेरचनले कार्यालय प्रवेश गरेका थिए । पुरोहितले मन्त्र पढ्दै पूmलपाती लिन लगाएका थिए । शेरचनले पुरोहितले भनेजसरी नै फुलपाती लिएर दियो बाले । पुरोहितको मन्त्र सकिएसँगै फुलपाती चढायर पाँचसय रुपैयाँ भेटि चढाएर आफ्नो कार्यकक्षमा प्रवेश गरे ।
यस अघि पोखरा विमानस्थलमा विहान ११ बजे ओर्लने कार्यक्रम रहेपनि प्रदेश प्रमुख शेरचन आइपुग्न ढिला हुँदा करिब तीन घण्टा प्रदेश सभाका सांसदहरु, प्रमुख जिल्ला अधिकारी, अरु विशिष्ट सरकारी अधिकारीहरु कुरेर बसेका थिए ।

पदवाहली गरेपछि उनले देशमा संकट आइपरेको भन्दै उनले चिन्ता ब्यक्त गरे ।  ‘राष्ट्रको जो समस्या छ, नेपालीहरुका गरिबी, बेरोजगारी, देशको मूल समस्या त हुँदै हो । साथसाथै विभिन्न प्रकारले राष्ट्रिय संकटहरु देखा पर्न थालेको महसुस गरेको छु, उनले भने, ‘ त्यसैले सम्पूर्ण नेपाली जनताको, राजनीतिक दलहरुको, तत्कालीन आन्दोलमा सहभागी सबै सहयात्रीहरुको समझदारी र सहमतिमा मुलुकको राष्ट्रिता, सार्वभौमिकतालाई जोगाउन सक्छौँ, हामी त्यो दिशातर्फ जानुपर्छ । र, त्यही उद्धेश्यलाई कम्तीमा पनि केही न केही सहयोग पुर्याउन सक्छु कि भन्ने लागेको छ, सोहीकारण मैले पद स्विकार गरेको हुँ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.