www.tandavnews.com
Fact ~ In search of truth

दुई महिनाभित्र नेपालमा रेल, रेलको २० प्रतिशत रकम भुक्तानी

काठमाडौं ।

रेल विभागले दुई महिनाभित्र रेल यातायात सुरु गर्ने तयारी गरेको छ ।

नेपाल–भारत रेल यातायात सञ्चालनको लागि नेपालले रेल तयारी अवस्थामा राखेको हो। नेपालले भारतबाट किन्न लागेको रेलको २० प्रतिशत रकम भुक्तानी समेत गरिसकेको रेल विभागले जनाएको छ ।

Batas

नेपालले ल्याउन लागेको रेलको हाल रंगरोगन तथा सेटिङ गर्ने काम भइरहेको छ। उक्त काम करिब एक महिनाभित्र सकिने विभागले जानकारी दिएको छ।

विभागका अनुसार उक्त रेल भारतको जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म चल्नेछ। आगामी दुई महिनाभित्र रेल सञ्चालन गर्ने तयारी गरिएको छ

नेपालले भारतकोे कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न लागेको हो। रेल विभागले जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्न लागेको हो।

रेलमा पाँचवटा डिब्बा हुनेछन् भने अगाडि र पछाडि दुवैतर्फ इन्जिन जोडिएको हुनेछ। यसलाई दुवैतर्फ चलाउन मिल्नेछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.