www.tandavnews.com
Fact ~ In search of truth

एएफसी च्याम्पियनसिपःनेपाल र युएई भिड्दै

काठमाडौं ।

Lama collectio News Middle

एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप छनोटको पहिलो खेलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्दैछ ।

इरानको तेहारानस्थित पिएएस स्टेडियममा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ बजे शुरु हुनेछ ।प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा किर्गिस्तान, युएई र इरान रहेका छन् । नेपालले दोस्रो खेल इरानसँग २२ गते र तेस्रो खेल २४ गते कीर्गिस्तानसँग खेल्नेछ ।

नेपाली टोलीको गोलकिपरमा विशाल सुनार, रोहित कार्की र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नवीन गुरुङ, रोशन डोङ, विकास खवास, योगेश गुरुङ र निराजन महर्जन छन् ।

त्यसैगरी मिडफिल्डरमा दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन र दिनेश हेम्जन तथा फर्वाडमा मनिष डाँगी, राजीव लोप्चन, रेजिन सुब्बा र दीपेश आले मगर छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery