www.tandavnews.com
Fact ~ In search of truth

‘प्रदेश प्रमुखको नियुक्तिको विषय निर्वाचन आचारसंहितामा छैन’

काठमाडौं ।

निर्वाचन आयोगले सरकारले मन्त्रिमण्डलको पुनर्गठन र नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्ने वा नसक्ने भन्ने विषय निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएको स्पष्ट गरेको छ ।

उपनिर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार भेटघाटमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आचारसंहिताको कुनै पनि बुँदामा सरकारले प्रदेश प्रमुख र मन्त्रिपरिषद् पुनर्गठन गर्न नसक्ने भन्ने कुरा छैन, आचारसंहिता पालना गर्ने नैतिक प्रश्नसँग जोडिएको विषय हो ।

‘सरकार, सम्पूर्ण राजनीतिक दलका प्रमुख र प्रतिनिधि बसेर बनाएको निर्वाचन आचारसंहिता आयोगले स्वीकृत गरेर लागू गरेको उनले स्पष्ट गरे ।

निर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारले पुराना प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ नि भन्ने सञ्चारकर्मीका जिज्ञासाका जवाफमा उनले भने, ‘यस विषयमा सरकारले आयोगको सहमति लिएको छैन, आयोग गम्भीर छ, हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ ।’ रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.