www.tandavnews.com
Fact ~ In search of truth

कास्की २ : कांग्रेसको मनोनयन कार्यक्रममा विमलेन्द्र निधी आउने, कोण सभालाई सम्बोधन गर्ने

पोखरा ।आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि बिहीबार दलहरुले निर्वाचन कार्यालयमा उमेद्वार दर्ता गराउँदै छन् । त्यहि उपनिर्वाचनले यतिबेला कास्कीको राजनीतिक माहोल तातेको छ । उपनिर्वाचन हुने मध्ये प्रतिनिधी सभाको लागि निर्वाचन हुन लागेको एक मात्र क्षेत्र हो कास्की २ । तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ प्रतिनिधी सभा विहिन भएको हो । 

नेकपाले स्व. रबिन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई चुनाबमा उठाउँदै छ । कांग्रेसले पनि पुराना नेता खेमराज पौडेललाई उमेद्वार बनाउने निर्णय बुधबार मात्रै गरेको छ । उनै पौडेलको उमेद्वार मनोनयन कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी आउने भएका छन् । उनी कास्की कांग्रेसको निमन्त्रणमा पोखरा आउन लागेका हुन । ‘पार्टी उपसभापति ज्यू भोली विहान १०ः२५ को फ्लाइटमा पोखरा आउनुहुन्छ,’ कांग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसीले भने, ‘हामी पौने १२ बजे सभागृहबाट निर्वाचन कार्यालय जान्छौँ उमेद्वार मनोनयन पछि त्यहि नजिकै कोण सभा गर्छाैँ ।’ कोण सभालाई विमलेन्द्र निधीले सम्बोधन गर्ने कास्की कांग्रेसले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.