www.tandavnews.com
Fact ~ In search of truth

आज उपनिर्वाचनको उम्मेदवारी दर्ता, भोली उम्मेदवार विरुद्ध उजुरी दिन पाइने

पोखरा ,
ताण्डव न्युज ।

मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ। आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ। भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र पर्सि कात्तिक २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

Batas

२४ गते दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय दिइएको र सोही दिन ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

प्रतिनिधिसभाको कास्की २ र प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभा सदस्यतर्फ कास्कीमा नेकपाले विद्या भट्टराई र कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ।

प्रदेशसभा सदस्यतर्फ भक्तपुरमा नेकपाका देवीप्रसाद ढकाल र कांग्रेसका कृष्ण भँडेल, बाग्लुङमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र कांग्रेसका जीत शेरचन तथा दाङमा नेकपाकी बिमला वली र काँग्रेसका केशव आचार्यले उम्मेदवारी दर्ता गर्दैछन्।

मंसिर १४ गते नै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी दर्ता कात्तिक २७ गते गरिने निर्वाचन आयोगले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.