www.tandavnews.com
Fact ~ In search of truth

गुणस्तरीय बीउ उत्पादनमा जोड

काठमाडौं ।

पौष्टिक गुणस्तरीय खाद्य तथा बीउ उत्पादनका क्षेत्रमा एकआपसका ज्ञान आदानप्रदान गर्न क्षेत्रीय बैठक शुरु भएको छ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको संयोजनमा नेपालमा पहिलोपटक आयोजत सो दुईदिने बैठकमा नेपालसहित नेदल्याण्ड, भारत, भियतनाम, बंगलादेश, भूटानको सहभागिता रहेको छ ।

बैठकमा वातावरणलाई असर नपुर्याइ बीउको विविध क्षेत्रमा दिगो विकास विषयमा पनि सहभागी देशले गरिरहेका प्रयासका बारेमा कार्यपत्र एवं आगामी रणनीति तय गरिने जनाइएको छ । साथै बीउ उद्योगका अवस्था तथा बीउ उत्पादन गर्ने कृषकका क्षमता विकासका विषयमा पनि बैठकका कार्यसूची रहेका छन् ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले बैठकको शुभारम्भ गर्दै खाद्य सुरक्षा बढाउँदै भोकमरी अन्त्य गरी दिगो विकासका लक्ष्य पूरा गर्न मन्त्रालयले नीति बनाई लागू गरेको जानकारी दिए ।

उनले भने, ‘स्थानीय जातको बीउ लोप हुन नदिन र आयातित बीउको जथाभावी प्रयोग हुन नदिन सरकार सचेत रहेको छ । स्तरीय बीउमा कृषकको पहुँच बढाउन सामूहिक प्रयास गर्नुपर्छ ।’

आयोजक संस्थाका अध्यक्ष खेमबहादुर पाठकले राम्रो बीउको अभावले कृषकले समस्या व्यहोर्नु परिरहेको चर्चा गर्दै स्तरीय बीउ उत्पादनमा सरकारी लगानी बढाउनु पर्ने बताए। बैठकको उद्घाटनसत्रमा नेदल्याण्डका विज्ञद्वय इगो फरोगान र एल्स फान डेलले कृषि उत्पादन वृद्धि गर्न गुणस्तरीय बीउमा लगानी बढाउन सुझाव दिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.