www.tandavnews.com
Fact ~ In search of truth

विद्या भन्छिन्, ‘चुनाव जित्नेमा ढुक्क छु’

पोखरा,
ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट विद्या भट्टराईले उम्मेद्धवारी दर्ता गराएकी छिन् ।

यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि अधिकारी पत्नी भट्टराईले नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

Batas

उनको उम्मेदवारीमा गण्डकी प्रदेश सभा सदस्य समेत रहेका नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा प्रस्तावक र प्रदेश सभा सदस्य प्रभा कोइराला समर्थक रहेका छन् ।पोखरा राष्ट्र बैंक चोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा भट्टराईले समर्थक सहित पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

मनोनयन दर्ता पश्चात भट्टराईले अन्य उम्मेदवारले जस्तै आफुले पनि चुनाव जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिएकि छन् । आज (बिहीबार )जिल्ला निर्वाचन कार्यालय कास्कीमा उम्मेदवारी मनोनयन पछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधन भएपछि कास्की २ मा अहिले प्रतिनिधी सभाको लागि निर्वाचन हुन लागेको हो । नेकपाबाट उम्मेदवार रहेकी विद्या उनै स्वर्गिय पर्यटन मन्त्रीकी श्रीमती हुन ।

‘उम्मेदवार हुन पार्टी र जनताबाट जसरी समर्थन आएको थियो चुनावमा यस्तै साथ पाउने विश्वास छ,’ उनले भनिन्, ‘विद्या भट्टराई किन भन्ने कुरा आउला । हिजो आन्दोलनको एउटा योद्धा । शिक्षा र राजनीतिक जोडेर समाजलाई अगाडी लैजान उम्मेदवार भएर आएको छु । रबिन्द्रजीको योगदान र मेरो पृष्ठभूमीलाई जोड्दै यो क्षेत्रमा आएको हुँ ।’

पत्रकारहरुले तपाइँले चुनाब जित्ने आधार के भन्दा उनले भनिन्, ‘नेकपाले तीन पटक जितेको ठाउँ हो । पार्टी अप्ठ्यारो अबस्थामा पुगेको बेलामा पनि जितेको ठाउँ हो अर्को कुरा रबिन्द्रजीको जनतासँगको सम्बन्ध सहित मेरो उपस्थिती, संठनको वर्चस्व मेरो जितको आधार हो ।’

उनले जिल्ला कमिटीले सर्वसम्मत रुपमा नाम पठाएकोले कास्की नेकपामा गुट उपगुट भन्ने नरहेको भन्दै चुनाब जित्ने दाबी गरिन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.