www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस उम्मेदवार पौडेलको दाबी,‘ट्रम्पले जस्तै चुनाव जित्छु ’

पोखरा,
ताण्डव न्यूज ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि देशका विभिन्न क्षेत्रमा उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन् ।

उपनिर्वाचनमा प्रतिनिधी सभाको निर्वाचन हुने एक मात्र क्षेत्र कास्की क्षेत्र नं २ मा चुनाव लड्न विभिन्न दलका उम्मेद्धवारहरुले मनोनयन दर्ता गराएका छन् ।

Batas

मनोनयन दर्ता पछि विभिन्न खाले प्रतिक्रिया पनि दिएका छन् । कांग्रेसका उम्मेदवार खेमराज पौडेलले आफु चुनाव जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए । उनले अमेरिकी राष्ट्रपतिले जसरी नै आफुले चुनाब जित्ने दाबी पनि गरे ।

‘अमेरिकामा ट्रम्पले जित्छन भन्या थिएनन् । ‘बेलायतमा कहिले कन्जरभेटीभ आउँछ, कहिले लेबर आउँछ कहिले डेमोक्रेटिक आउँछ । कहिले के आउँछ । हामीकहाँ पनि त्यस्तो एक पटक आयो,’ मनोनयन दर्ता पछि प्रतिक्रिया दिँदै उनले भने, ‘जनतालाई जुन किसिमको वचनबद्धता उनीहरुको थियो त्यो उनीहरुले पुरा गर्न सकेको भए उनीहरुलाई निरन्तरता दिन्थ्यो ।’

उनले भने, ‘सरकारले जुन किसिमको गल्ती गरिरहेको छ । एउटा चुनावले सरकार ढल्ने पनि हैन हामी ढाल्न पनि चाहन्नम । राजनीतिक अस्थिरता ल्याउने काम हामी गर्दैनम । यिनै क्रियाकलाप सरकारले गरेको भएर बलियो प्रतिपक्ष खोजेको छ, उनीहरुलाई सबक सिकाउन जनताले खोजेका छन् ।’

उनले कास्की कांग्रेस अहिले एक ढिक्का भएकोले चुनाव जित्ने दाबी गरे । उनले चुनाबमा उमेद्वारको दाबी गरेकै अर्का नेता देवराज चालिसे प्रस्तावक र सांसद सूर्यबहादुर केसी समर्थक बसेर मनोनयन दर्ता गरेका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.