www.tandavnews.com
Fact ~ In search of truth

न्याय पहुँचमा प्रविधिको प्रयोग :मन्त्री ढकाल

काठमाडौं ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरूपमा विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिवृद्धिमा प्रविधिको प्रयोगलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

विश्व बैंक समूहले संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको कानुन, न्याय तथा विकास विषयको साप्ताहिक कार्यक्रममा सहभागी हुने सिलसिलामा त्यहाँ रहेका मन्त्री ढकालले उक्त बैंकका कानूनी मामिला हेर्ने वरिष्ठ उपाध्यक्ष स्याण्डी ओकोरोसँगको भेटमा नेपाल सरकारले हालै निर्माण गरेका मौलिक हक तथा संघीयता कार्यान्वयनसँग सम्बन्धित कानूनहरूको कार्यान्वयनमा सहयोग बढाउन आग्रह गरेका थिए।

Batas

वासिङ्टनडिसीस्थित नेपाली दूतावासका अनुसार उपाध्यक्ष ओकोरोले आगामी वर्ष आफूले नेपालको भ्रमण गर्ने र नेपाल सरकारले कानून र न्यायको क्षेत्रमा निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए ।

भेटमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्याल सहभागी थिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.