पोखरा ।
उपनिर्वाचनका लागि हिजो (बिहीबार) मनोनयन दर्तापछि चुनाव प्रचारप्रसारका लागि समिति गठन गर्ने क्रम सुरु भएको छ।
चुनावको तयारी तीव्र र चुस्त बनाउदै कांग्रेस कास्कीले आशन्न उपनिर्वचनका लागि ३ हजार ५ सय ५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ । मूल समितिमा जिल्ला सभापति कृष्ण केसी संयोजक, क्षेत्र नं २ का सभापति माधव प्रसाद बाँस्तोला मधु र पोखरा महानगर सभापति वजीरमान श्रेष्ठ सहसंयोजक रहेका छन् ।
कास्की क्षेत्र नं। २ द्वारा आयोजित नेता, कार्यकर्ता भेलाले पोखरा वडा नं। ४ मा नेता यज्ञबहादुर थापालाई संयोजक तोकेको छ । यस्तै वडा नं. ७ मा शुक्रराज शर्मा, वडा नं. ८ मा तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण विजुक्छे, ११ मा शारदा पौडेल, १५ मा विन्दादेवी राना, १६ मा कुमार खड्कालाई संयोजक बनाएको छ ।
यसैगरी पोखरा–१७ मा कृष्णबहादुर केसी, २० मा विन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा जीवन बराललाई संयोजक तोकेको छ ।भेलाले २६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा तारानाथ रानाभाट, शुभराज शर्मा, जीवन परियार, यज्ञबहादुर थापा, सूर्यबहादुर केसी, कुमार खड्का, महादेव गुरुङ, शारदा पौडेल, विन्दादेवी राना, रामजी कुँवर, रामचन्द्र त्रिपाठी, बाबुराम आचार्य र सुरेन्द्रबहादुर भारीजू रहेका छन् ।
यसैगरी युवराज श्रेष्ठ, रामकृष्ण पराजुली, राजेन्द्रनीधि कोइराला, देवराज चालिसे, शोभियतबहादुर अधिकारी, आनन्दराज मुल्मी, कृष्णकुमारी परियार, भोला थापा, नीलकण्ठ शर्मा, अशोक पालिखे, तीर्थ श्रेष्ठ, शंकर देवकोटा, पुलेन्द्रमान श्रेष्ठ, निर्मल कर्माचार्य र केशर प्रसाद निर्दोषीलाई पनि सल्लाहकारमा चयन गरिएको छ ।
भेलाले अर्थ संकलन समितिमा ऋषि सापकोटालाई संयोजक तोकेको छ । यस्तै अनुगमनमा राजेन्द्रनीधि कोइराला, सचिवालय व्यवस्थापनमा देवेन्द्र रानाभाट, बुद्धिजीवि परिचालनमा आनन्दराज मुल्मी, प्राध्यापक परिचालनमा दीपेन्द्र पराजुली, अन्तरक्षेत्रीय समन्वय समितिमा पोषनाथ शर्मा संयोजक रहेका छन् ।
यसैगरी उद्योग व्यवसाय, पर्यटन परिचालनमा विन्दुकुमार थापा, सञ्चारमा नवीन सिग्देल, स्वयंसेवक परिचालनमा भोजबहादुर गुरुङ सिकन्दर, भातृ तथा शुभेच्छुक संस्था परिचालनमा गुरु बराल, स्थानीय तह परिचालनमा रामजी कुँवर र युवराज कुँवर, निर्वाचन समन्वयमा कृष्ण तिमिल्सिना, वुथ परिचालनमा विजयराज आचार्य संयोजक छन् ।
भेलाले प्रचार प्रसार सामग्री व्यवस्थापनमा दीपेन्द्र मर्सानी, युवा, तरुण परिचालनमा मनोज गुरुङ, सम्पर्क समाज परिचालनमा ऋषि काफ्ले, महिला तथा आमा समूह परिचालनमा केपीला रानाभाट, ट्रेड युनियन परिचालनमा मुरारी शर्मा, यातायात व्यवस्थापनमा जीजबहादुर गुरुङलाई संयोजक तोकेको छ ।
यस्तै, प्रजातन्त्र सेनानी र ज्येष्ठ नागरिक परिचालन समितिमा तारा पाखे, संघसंस्था परिचालनमा सरोजनारायण बराल, विद्यार्थी परिचालनमा देवकृष्ण पराजुली, किसान परिचालनमा भेषराज पराजुली, दलित समुदाय परिचालनमा दुर्गाबहादुर सुनार, भूपू सैनिक परिचालनमा खम्वसिंह गुरुङ, सांस्कृतिक परिचालनमा चोलेन्द्र पौडेल, सुकुम्वासी, भूमि तथा अव्यवस्थित बसोबास परिचालनमा आशबहादुर गुरुङ, पूर्व राष्ट्रसेवक परिचालनमा ठाकुर बराल, टोल विकास संस्था समन्वयमा उत्तम जोशी र मुस्लिम समुदाय परिचालनमा हारुन खान पैठानलाई संयोजक चयन गरिएको छ ।
कास्की क्षेत्र नं.२ मा नेपाली कांग्रेसको तर्फबाट खेमराज पौडेल उम्मेदवार छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।