www.tandavnews.com
Fact ~ In search of truth

साग तयारीबारे जानकारी लिन निरिक्षण टोली पोखरा आउँदै

पोखरा।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि साउथ एसियन ओलम्पिक काउन्सिल र सेफ दिमिसनको टोली आज शनिबार पोखरा आइपुग्ने भएको छ ।

नेपालको साग तयारीका बारेमा जानकारी लिन तथा सम्पूर्ण खेलकुद भेन्यूको निरिक्षण गरि जानकारी लिन टोलीले साग खेल स्थल काठमाडौ र पोखरामा निरिक्षण गर्ने भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवम साग सहजिकरण समिति पोखराका सदस्य तेज गुरुङले जानकारी दिएका छन ।

साग तयारी बारे आज (शनिबार)बिहान काठमाडौमा बैठक समेत बस्ने र शनिबार साँझ पोखरा आइपुग्ने उपाध्यक्ष गुरुङले जानकारी दिए । सातै देशका ओलम्पिक प्रतिनिधी र सेफ दिमिसनको टोलीले आइतबार बिहान साग पोखरा स्थानिय सहजिकरण समितीसंग संयुक्त बैठक बसेर सम्पूर्ण जानकारी लिने भएको छ ।

नेपाल भ्रमणमा आएको टोलीले आइतबार साग आयोजना हुने सम्पूर्ण खेल स्थलको निरिक्षण गर्ने समेत उपाध्यक्ष गुरुङले जानकारी दिए। टोली भेन्यू संगै खेलाडी बसोबास गर्ने होटल, यातायात, सुुरक्षा लगाएत अन्य महत्वपूर्ण व्यवस्थापनको समेत जानकारी लिने र निरिक्षण समेत गर्ने भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.