www.tandavnews.com
Fact ~ In search of truth

श्रमिकसँग विद्या भट्टराई

पाेखरा ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की क्षेत्र नं २ का उम्मेदवार नेतृ विद्या भट्टराईले शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तक्रिया गरेकी छिन् । भेटघाट गर्दै भटटराईले देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाइ व्यवस्थित बनाउन सरकारले सामाजिक सुरक्षा ऐन कायान्वयन गर्न अग्रसर भइरहेको बताइन् ।

यसलाई थप प्रभावकारी बनाउन र श्रमीकहरुलाई थप सवलिकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने बताइन्  । देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने भएकाले सबैले श्रमको सम्मान गर्न सक्नपर्ने बताइन् । जिफन्ट गण्डकीले शनिबार पोखरामा आयोजना गरेको श्रमिकहरुको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।

Lama collectio News Middle

भट्टाईले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भन्दै श्रमलाई ठुलो सानो भनेर विभाजित गर्न नहुने बताइन् ।

कार्यक्रम नेकपा केन्द्रिय सदस्य द्धय चुडामणि जंगली र श्रीनाथ बराल, जिफन्ट केन्द्रिय उपाध्यक्ष मिना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमीकहरुको हक अधिकार र सशक्तिकरणकालागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले महत्वपूर्ण खेल्दै आइरहेको बताए। आगामी दिनमा समेत श्रमिकको भावना र चाहानालाई कम्युनिष्ट पार्टीले सम्बोधन गर्न सक्ने उनीहरुको भनाई थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery