www.tandavnews.com
Fact ~ In search of truth

उपनिर्वाचन लक्षित पहिलो चरणको कार्यक्रम सार्वजनिक

पोखरा । 

नेपाली कांग्रेस कास्कीले मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत कात्तिक २४ गते आइतबार निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिकाका ११ वटै वडामा चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरिने निर्वाचन मूल प्रचार समितिका सभापति एवम् जिल्ला पार्टी सभापति कृष्ण केसीले जानकारी दिनुभयो । सबै वडाका चुनाव प्रचारप्रसार समितिका कार्यालय बिहान ८ बजे एकै समयमा उद्घाटन गरिने कार्यक्रम छ ।

Batas

उहाँका अनुसार आइतबारबाटै पोखरा महानगरपालिका–४ सिद्धार्थचोकबाट घरदैलो अभियान शुरु गर्ने कार्यक्रम छ । कार्यक्रमअन्तर्गत पहिलो दिन ४ नं वडाका साथै पोखरा महानगरपालिका–८ र ९ मा घरदैलो अभियान सञ्चालन हुनेछन् ।

त्यस्तै २५ गते पोखरा महानगरपालिका–७ मा, २६ र २७ गते वडा नं १७ मा घरदैलो कार्यक्रम सञ्चालन हुने भएको केसीले जानकारी दिनुभयो । अन्य कार्यक्रम थप छलफल गरी तय गरिने पार्टीले जनाएको छ । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.