www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा भारत विरुद्ध नेविसघँको नाराबाजी, १३ तस्विरमा हेरौँ बिरोध प्रर्दशन

सुशान्त गाहा मगर,

पोखरा/ताण्डव न्यूज ।

पोखरा महानगरपालिका –१ बगर स्थित पृथ्वीनारायण क्याम्पस गेटमा नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समावेश गरेको बिरोधमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

लिम्पियाधुरा, लिपुलेख र कालापानीलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विरुद्धमा कांग्रेस निकट नेपाल विद्यार्थी सघँ (नेविसघँ) पृथ्वीनारायण क्याम्पस समितिको नेतृत्वमा आईतबार बिहान प्रदर्शन गरेका हुन ।

बिरोध प्रदर्शनका नेतृत्वकर्ता दिपक वाग्लेले भारतीय विस्तारबादको बिरुद्धमा साँगितिक प्रदर्शन सहित बिरोध गरेको बताए ।प्रदर्शनमा सहभागी विद्यार्थीहरुले नेपाल सरकार कहाँ छ ?, कालापानी, लिम्पियाधुरा र लिपुलेख फिर्ता गर ! ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ लगायतका नारा लेखिएको ब्यानर बोकेका थिए । भने सोही अनुरुपको नारा समेत घन्काएका थिए ।

उक्त बिरोध प्रदर्शन माथिल्लो क्याम्पस गेट हुदै ट्याक्सीचोक परिक्रमा गर्दै क्याम्पस गेटमा कोणसभामा परिणत भएको थियो । कोणसभाको क्रममा बोल्दै विद्यार्थी वक्ताहरुले भारतले नक्सामा नसच्याए आन्दोलन चर्काउने समेत धारणा राखेका थिए ।

ताण्डवकर्मी सुशान्त गाहा मगरले कैद गरेका विरोध प्रर्दशनका १३ तस्विर हेरौ –

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.