www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश सांसद पहारीद्वारा विकास योजनाबारे छलफल

पोखरा ।

गण्डकी प्रदेश सांसद राजिव पहारीले कास्की क्षेत्र नं. ३ ख का नेकपा कार्यकर्ता तथा जनप्रतिनिधिसँग विकासको योजनाका विषयमा छलफल गरेका छन् ।

क्षेत्र ३ सँग संबन्धित वडा कमिटी, जनप्रतिनिधि, अगुवा तथा सामाजिक अभियन्ताहरुसँग शनिबार पहारीले छलफल गरेका हुन् ।विकासको आवश्यकता क्षेत्रगत हिसाबले ठुलो भएकाले सबै ठाउँमा पुर्याउन नसकेको बताएका छन् ।

उनी भन्छन्– ‘आवश्यकता धेरै छ तर क्षेत्र ठुलो भएकाले एकैचोटी सबैठाउँमा पुर्याउन सकिएको छैन । हामीले अध्ययन पनि गरिरहेका छौं । जनताका गुनासालाई आत्मसाथ गर्दै विकास नपुगेका ठाउँमा अवश्य विकास लैजानेछौं । चुनाव अघि सारिएका एजेण्डालाई हामी पुरा गरेरै छाड्छौं ।’

छलफलमा वडा कमिटी तथा जनप्रतिनिधिले आफ्नो क्षेत्रमा भएका गुनासालाई प्रस्तुत गरेका थिए । आफ्नो ठाउँमा भएका विकास तथा अब हुनुपर्ने विकासका बारेमा पनि सांसद पहारी समक्ष जनप्रतिनिधिले सुझाव दिएका थिए । सुझाव तथा गुनासालाई सम्वोधन गर्दै पहारीले भने– ‘हामीलाई काम गर्छ भनेर जसरी जिताउनुभयो त्यही अनुसारनै हामी तपाईको विश्वासलाई तोड्ने छैनौ । गर्नैपर्ने कामहरु निरन्तर गरिरहेका छौं ।’

कार्यक्रममा आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचन कास्कीबाट उठेकी विद्या भट्टराईलाई विजयी गराउन पनि आग्रह सांसद पहारीले गरे ।छलफल कार्यक्रममा सांसद पहारीले क्षेत्र नं. ३ ख मा सम्पन्न भएका विकासका योजना र अव शुरु हुने योजनाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा उक्त क्षेत्रकै समानुपातिक सांसद मित्रकुमारी गुरुङ सुवेदीको समेत उपस्थिति रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.