www.tandavnews.com
Fact ~ In search of truth

भारतको नक्साबारे प्रधानमन्त्रीसँग छलफल हुने

काठमाडौं ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमी समावेश भएको भन्दै यतिबेला देशमा विरोध प्रर्दशन भईरहेको छ ।

केही विद्यार्थी संगठनले भारतविरुद्ध विरोध जनाईरहँदा नेपाल सरकार भने मौन बसीरहेको छ । यसैक्रममा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले भारतको नयाँ राजनीतिक नक्साबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ।

समितिले भोली (सोमबार) बिहान प्रधानमन्त्री ओलीलाई छलफलका लागि बोलाएको जनाइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता भू–भाग भारतले आफ्नो नक्सामा समेटेको विषयमा छलफल हुने छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.