www.tandavnews.com
Fact ~ In search of truth

भरतपुर र पोखरा महनागरपालिकाबीच द्विपक्षीय सम्झौता

बाजा बजाएर आईज आईज भन्दैमा आउदैनन् पर्यटक :मेयर जिसी

सुशान्त गाहा मगर,

पोखरा/ताण्डव ।

भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाले पर्यटन प्रर्वद्धनका लागि द्विपक्षीय सम्झौता गरेको छ ।

शिष्ट सम्बन्ध कायम भैसकेको दुई महानगरपालिकाले पर्यटन प्रर्वद्धनको लागि शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सम्झौता पत्रमा दोहोरी हस्ताक्षर गरे ।सो अवसरमा बोल्दै भरतपुर महानगरकी मेयर दाहालले पोखरा महानगरपालिकासँग तुलना गर्न नसकिने बताउँदै धेरै कुराहरु सिक्न बाँकी रहेको बताईन । उनीले दुई महानगरपालिका बिच पहिलेनै शिष्ट सिटीको रुपमा सम्बन्ध गाँसेको समेत बताईन ।

मेयर दाहालले भिजिट नेपाल २०२० को लक्ष्यलाई टेवा पुर्याउने उद्देश्य सहित पर्यटन प्रर्वद्धनका निम्ति सम्झौता गरिएको उल्लेख गरिन ।त्यस्तै पोखरा महानगरका प्रमुख जिसीले बिना पूर्वाधार पर्यटक नभित्रिने तर्क दिए । ‘हामीले गर्ने काम नगर्ने पुर्वाधार नबनाउने, उनले भने, ‘बाजा बजाएर आईज आईज भन्दैमा पर्यटक आउदैनन् । जबसम्म पूर्वाधार बन्दैनन् तबसम्म पर्यटक भित्रिदैनन् भन्नेमा बिश्वस्त भए हुन्छ ।

त्यसैले हाम्रा महानगरपालिका भित्र पुर्वाधार बनाउ चुस्तदुरुस्त बनाउ पर्यटक आफै आउँछ ।’ उनले पछिल्लो समय पर्यटन व्यवसाय निर्वाहमुखी मात्रै भएको उल्लेख गर्दै बाह्य पर्यटकले भन्दा आन्तरिक पर्यटकले खर्च गर्ने भएकाले सो तर्फ समेत व्यवसायीको ध्यान जान् पर्ने धारणा राखेका थिए ।

पोखरा र भरतपुर महानगरपालिका बीच पर्यटन विकास तथा प्रर्वद्धन गर्ने, आर्थिक तथा सामाजिक कार्यहरु, प्राकृतिक सम्पदा संरक्षण तथा संर्वद्धन गर्नका लागि सहकार्य गर्ने, महत्वपूर्ण सूचना तथा जानकारीहरुको आदानप्रदान गर्ने लगायतका विषयहरु सम्भौतापत्रमा उल्लेख गरिएको छ ।

५ वर्षका लागि दाहाल र जिसीद्वारा हस्ताक्षरित द्विपक्षीय सम्झौता पत्रमा पर्यटन विकास तथा प्रवद्र्धन गर्ने, आर्थिक तथा सामाजिक कार्यहरु, प्राकृतिक सम्पदा संरक्षण तथा संर्वद्धन गर्नका लागि सहकार्य गर्ने, महत्वपूर्ण सूचना तथा जानकारीहरुको आदानप्रदान गर्ने तथा संघीय संरचनामा अन्तर नगर सहकार्य गर्ने, पोखरा– भरतपुर हवाई सेवालाई अझ बिस्तार गर्ने, दुबै महानगरपालिकामा रहेका तालतलैया, नदी, रामसारमा सुचीकृत सम्पदाहरुको संरक्षण गर्ने लगायतका विषयहरु उल्लेख गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.