www.tandavnews.com
Fact ~ In search of truth

दशौँ पोखरा महोत्सवका लागि ३९ उपसमिति

पोखरा ।

Lama collectio News Middle

युनाइटेड क्लबको आयोजनामा आगामी पुस २९ देखि माघ १२ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन गरिएको छ ।

दशौँ संस्करणको महोत्सव सम्पन्न गर्न महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा मूल आयोजक समिति र ३९ वटा उपसमिति गठन गरिएको हो ।

उपसमितिका संयोजकमा कार्यसम्पादनतर्फ सुकबहादुर गुरुङ, अतिथि व्यवस्थापनमा हिमालय बख्रेल, सांस्कृतिक व्यवस्थापनमा राजु श्रेष्ठ, सचिवालय व्यवस्थापनमा लोकबहादुर थापा, प्रचारप्रसारमा शान्तबहादुर थापा, अर्थ तथा कक्ष व्यवस्थापनमा गणेश तिमिल्सिना रहेका छन्।

महोत्सवको सल्लाहकारमा विश्वप्रकाश लामिछाने, सेती थापा, रमेशबहादुर कार्की, लीलाधर अधिकारी, पोखरा महानगरपालिका अन्तर्गत वडा नं १० का अध्यक्ष राजकुमार गुरुङ, ११ का अध्यक्ष मोहन बाँस्तोला, १३ का अध्यक्ष दर्शन लामा (लेखबहादुर तामाङ), १४ का अध्यक्ष प्रेमबहादुर कार्की, १५ का अध्यक्ष प्रकाश पौडेल, २४ का अध्यक्ष ओम सुवेदी, वडा नं ३१ का अध्यक्ष कमलबहादुर थापा रहेका छन् ।

क्लबको सक्रियतामा हुने महोत्सवबाट लेखनाथको पचभैयामा निर्माणाधीन चिडियाखाना, सेती नदी संरक्षणलगायतका सामाजिक कार्यमा सहयोग गरिँदै आइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery