www.tandavnews.com
Fact ~ In search of truth

सन्तोष सुवेदीको निर्देशनमा ‘मेरै माया जाति’ सार्वजानिक

पोखरा,
ताण्डव न्यूज ।

पत्रकार तथा गायक सन्तोष सुवेदीको निर्देशनमा नयाँ लोकदोहोरी गीत बजारमा आएको छ । ‘मेरै माया जाति’ नामक दोहोरी गीतमा सुवेदीले पहिलो पटक निर्देशनमा हात हालेका हुन् । सोही गीतमा सुवेदीले निर्देशनको अलावा संगीत पनि दिएका छन् ।

हिमलाल सुनार र तुलसी क्षेत्रीको सुमधुर स्वर रहेको गीतमा दिपक अधिकारीको उत्कृष्ट शब्द समावेश गरिएको छ । गीतमा तारानाथ आचार्यको संगीत संयोजन रहेको छ ।गीतको भिडियोमा सुरज आचार्य र दीपा पौडेलको उत्कृष्ट अभिनय रहेको छ । गणेश सापकोटाको छायांकन रहेको गीतमा सुबास अमगाईको सम्पादन रहेको छ ।

गीतलाई डिजिटल स्टारले बजार व्यवस्थापन गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.