www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङ ताङग्यामा मोबाइल सेवा विस्तार

मुस्ताङ ।

Lama collectio News Middle

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङग्या गाउँमा मोबाइल फोन सेवा विस्तार गरिएकोे छ ।

नेपाल टेलिकमले ताङग्यामा बिटिएस टावर स्थापना गरेर सो सेवा विस्तार गरेको हो । पैँतिस घरधुरीको बसोबास रहेको त्यस गाउँमा आइतबारदेखि मोबाइल फोन सेवा शुरु भएको नेपाल टेलिकम जोमसोम शाखाका कर्मचारी महेन्द्र गुरुङले बताए।

विद्युत् सुविधा नभएकाले सौर्य ऊर्जा जडान गरेर टावरमा विद्युत् आपूर्ति गराइएको छ । यसअघि यहाँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित थिए । अहिले। उनीहरूलाई फोन गर्न अग्ला डाँडा र टावरले टिप्ने छिमेकी गाउँ पुग्नुपर्ने बाध्यता हटेको छ ।

उक्त गाउँपालिकाका अध्यक्ष राजु विष्टले उक्त सेवा शुभारम्भ गर्दै ताङग्यामा यसै वर्षभित्र केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिने बताए । उक्त गाउँपालिकाको ध्ये र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङता गाउँमा अझै सञ्चार सुविधा पुगेको छैन । यसैवर्ष यी बस्तीमा मोबाइल सेवा विस्तार गरिने उक्त शखाले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop