www.tandavnews.com
Fact ~ In search of truth

घरघरमा पुग्दै उम्मेदवार

पोखरा ।

कास्की क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार तीव्र तीव्र भएको छ । उम्मेदवारको अन्तिम नामावली आइतबार सार्वजनिक भएपछि चुनावी प्रचार प्रसारले तीव्रता लिएको हो ।

आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका उम्मेदवारहरु मतदातालाई आकर्षित पार्नका लागि घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राखेर प्रचार कार्यलाई अघि बढाएको देखिन्छ ।

उम्मेदवारहरु घरघरमा पुगेर मतदाताबीच आपूm सांसदमा निर्वाचित भएपछि जनताको सेवामा समर्पित भएर काम गर्ने र सदैव सुख दुःखमा साथ दिने प्रतिबद्धता प्रकट गरिरहेको देखिन्छन् ।

प्रायः सबै उम्मेदवारले पोखराको पर्यटकीय क्षेत्रका रुपमा अन्तर्राष्ट्रियस्तर पहिचानमा थप वृद्धि गर्ने, बेरोजगारी, सुकुम्वासी, नदी नियन्त्रण लगायतका समस्या समाधान गर्ने सम्बन्धमा मतदातासमक्ष वाचा गर्दै मत माग्ने कार्यमा जुटेको देखिन्छन् ।

निर्वाचनमा सहभागी भएका राजनीतिक दलका कार्यकर्ताहरु चुनावी घोषणापत्रबारे मतदातालाई जानकारी गराउनाका साथै पर्चा, पम्प्लेट वितरण कार्यमा जुटेका छन् । स्वतन्त्र पक्षका उम्मेदवारका कार्यकर्ता पनि आफ्ना उम्मेदवारलाई जिताउनका लागि प्रचारप्रसारमा जुटेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी लगायतका दलले चुनाव प्रचारप्रसार समिति गठन गरेका छन् । स्वतन्त्र उम्मेदवारले पनि चुनावी प्रचारप्रसारका लागि समिति गठन गरेका हुन् ।

कास्की क्षेत्र नं २ मा १० स्वतन्त्रसहित २१ जना चुनावी मैदानमा छन् । सोमध्ये चार महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टीबाट विद्या भट्टराई र राप्रपा संयुक्तबाट गंगा मल्ल रहेका छन् भने स्वतन्त्र रुपमा लक्ष्मीकुमारी भुजेल र जमुना शर्मा रहेका छन्।

उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरका कांग्रेसका ७४ वर्षीय खेमराज पौडेल र कान्छो उम्मेदवारका रुपमा २६ वर्षीय सुनील भुसाल रहेका छन् । उनी स्वतन्त्र रुपमा निर्वाचनमा सहभागी भएका छन् ।

कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । पोखरा महानगरपालिकाको ११ वटा वडा मिलाएर बनेको सो निर्वाचन क्षेत्रअन्तर्गत–४, ७, ८, ९, ११, १५, १६,१७, २०, २१ र ३३ वडा पर्दछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.