www.tandavnews.com
Fact ~ In search of truth

प्रहरीले यसकारण पक्राउ गर्यो अघोरी बाबाका दम्पती

काठमाडौं ।

सामाजिक सञ्जालमा भाइरल भएका अघोरी बाबाका दम्पती पक्राउ परेका छन् ।

हालै मात्र अमेरिकाबाट फर्केकी एक महिलासँग बिहे गरेको बताउने ‘भाइरल बाबा’लाई ठगीको आरोपमा नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ।

वास्तविक नाम विजय केसी रहेका ‘भाइरल बाबा’ले मान्छेहरुलाई अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोप प्रहरीको छ। आरोप लागेपछि उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेको छ ।भाइरल बाबासँगै उनकी पत्नी पनि पक्राऊ परेकी छिन्। एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोपमा ‘अघोरी बाबा’की श्रीमती शारदा पाण्डे पक्राउ परेकी हुन् ।महानगरीय प्रहरी वृत बौद्धबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वृत बौद्धको अनुसार शारदा र उनका पूर्वपति मिलेर एक महिलालाई विवाहका विषयमा झुक्याएका थिए । सोही प्रकरणको अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.