www.tandavnews.com
Fact ~ In search of truth

राप्रपा (संयुक्त)को धार्मिक जागरण कात्तिक २८ देखि

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कात्तिक २८ देखि आगामी मङ्सिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ । सो पार्टीले नेपालका सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक हुनुपर्ने जनाएको छ ।

पार्टीले सीताको जन्मभूमि जनकपुरबाट चितवनको वाल्मिकी आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिकयात्रा सम्पन्न गर्ने बताइएको छ । हिजो(सोमबार) पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले नेपाललाई धर्मनिरपेक्ष बनाइएकामा आफूहरुको आपत्ति रहेको उल्लेख गर्दै हिन्दू राष्ट्र नबनाएसम्म आन्दोलन जारी रहने बताए ।

अध्यक्ष राणाले १९६२ मा भारत र चीनबीच युद्ध हुँदादेखि नै लिपुलेकमा भारतीय चेकपोष्ट बसेको र सोबारेमा यसअघिका कुनै पनि सरकारले कुरा उठाउने आँट नगरेको बताए।

अर्का अध्यक्ष डा .प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले शुरु गर्न लागेको धार्मिकयात्रा नेपालको पहिचान कायम गर्नका लागि हुने बताए। उनले लिपुलेक र कालापानी क्षेत्रका विषयमा सरकारले भारतसँग मित्रतापूर्वक कूटनीतिक पहल गर्दै समस्याको समाधान गर्नुपर्ने सुझाव दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.