www.tandavnews.com
Fact ~ In search of truth

त्रिवेणी सांगीतिक साँझ मङ्सिर २१ गते

पोखरा ।

Lama collectio News Middle

त्रिवेणी संगीतालयको आयोजनामा त्रिवेणी सांगीतिक साँझ आगामी मङ्सिर २१ गते शनिबार हुने भएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा हुने कार्यक्रमलाई व्यस्थित बनाउनका लागि उषा माताको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिका सहसंयोजकमा केदार अधिकारी, सचिवमा सुनील बराल र कोषाध्यक्षमा देवीमाया गुरुङ तथा प्रचारप्रसार संयोजकमा सन्दिप बराल रहेका छन् ।

लामो समयदेखि पोखरामा रहेर सङ्गीत प्रशिक्षण सञ्चालन गर्दै आएको सङ्गीतालयले हरेक वर्ष साङ्गीतिक साँझका अलावा विविध साङ्गीतिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रममा प्रदान गरिने विभिन्न सम्मानका लागि प्रतिभा छनोट समितिसमेत गठन गरिएको प्रबन्ध निर्देशक नवराज बरालले जानकारी दिए । उनका अनुसार समितिको संयोजकमा गायक पद्मराज ढकाल तथा सदस्यहरुमा ताराबहादुर गुरुङ, मनकुमार श्रेष्ठ, गोरे गुरुङ, शारदा भट्टराई, अनुराग अधिकारी र सुमन श्रापित रहेका छन् ।

सो समितिको सिफारिसमा १/१ जना सङ्गीतकर्मीलाई दीपक भट्टराई स्मृति सङ्गीत पुरस्कार र त्रिवेणी सङ्गीत सम्मान प्रदान गरिने छ । दुवै सम्मान र पुरस्कारको राशि जनही १० हजार रुपैयाँ नगदसहित, सम्मान पत्र र दोसल्ला रहेको छ । सो कार्यक्रममा पोखरा र पोखराबाहिरका कलाकारहरुले साङ्गीतिक प्रस्तुति राख्ने छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery