www.tandavnews.com
Fact ~ In search of truth

सुकुम्वासीको समस्या समाधान गर्न नसके भोट माग्दैनौ : नेकपा नेता अधिकारी

पोखरा ।

नेपाल कम्यूनिष्ट पार्टीका गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले भुमिहिन, सुकुम्वासीको समस्या समाधान गर्न नसके अर्को निर्वाचनमा भोट माग्न नआउने बताएका छन् । उनले भने,‘हामी भन्छौ अव आउने चुनावमा भुमिहिन, सुकुम्वासीहरु र बसपार्कको समस्या समाधन नगरी सुर्य चिन्ह बोकेर भोट तर्पाहरुका कहाँ माग्न आउने छैनौ । यो पनि म ठोक्कुवा गर्छु ।’

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) महिला निर्वाचन परिचालन उपसमितिले हिजो(मंगलबार) पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले व्यवस्थित बसपार्क बनाउनुपर्ने बताउँदै सुकुम्वासीहरुका घर हटाउने र जमिन्दारको घरलाई अगाडी पार्ने गरि पछाडी नीजि बसपार्क बनाउने पक्षमा छैनौ उनले भने, ‘फ्रन्टलाईनमै बसपार्क बन्नुपर्छ । सिधै पहिलो मोडमै बन्नुपर्छ ।’

Batas

उनले हिजो आफु आफु मिलेर काँग्रेसले कालेकाले मिलेर खाउ भाले भने जस्तै उपमहानगरपालिका, नगर विकास समिति र काँग्रेसकै सुकुम्वासी आयोग मिलेर बनेर अगाडी पटटि काँग्रेसजनहरुका लागि जग्गा दिइएको छ उनले भने, सुकुम्वासी, भुमिहिनको उठिबास गराएर बसपार्क हुदैन् । अज एक वर्षभित्र समस्या समाधान हुन्छ ।

अधिकारीले भने कानुन थिएन अव भयो, दश वर्षदेखि बस्दै आएका कतै जग्गा नभएका भुमिहिन र सुकुम्वासीले त्यही ठाँउमा जग्गा पास गर्ने ऐन बनाएका छौ उनले भने, ३० वर्ष सत्ता चलाएको काँग्रेसले बनायो की बनाएनन् ? भन्दै प्रश्न गरे ।

पूर्वमन्त्री समेत रहेका अधिकारीले ३० वर्ष पञ्चायले र ३० वर्ष काँग्रेसको सत्ता चल्यो उनले भने,‘हिजो सुकुम्वासी आयोगका अध्यक्ष बन्नुभएका व्यक्ति काँग्रेसबाट आज उम्मेदवार बन्नुभएको छ । हिजो अध्यक्ष हुदाँ एक जना सुकुम्वासी र भुमिहिनलाई एउटा लालपुर्जा दिनुभयो महामहिम आज भोट माग्दा रुख लिएर आउदै हुनुहुन्छ जनताले प्रश्न गर्नुस ।’

कास्की दुईमा विगतमा भन्दा दोब्बमतले जित्नुपर्ने दावी गरे । उनले रवीन्द्र अधिकारीका विकास र समृद्धिका सपना पुरा गर्न नेकपाका उम्मेदवारले जित्नुपर्ने कास्की दुईमा विद्या भटराईले अत्याधिक मतले जित्नुपर्छ उनले भने,‘संसदीय अंक गणितमा नेकपाले जित्नु र हार्नुमा खासै अन्तर पदैन तर विद्या पराजित भए कास्की दुईको विकास अवरुद्ध हुन्छ ।’

नेता अधिकारीले महिलाहरुले जिम्मेवारी पाएका ठाँउमा भष्ट्राचार नभएको बताउदै भने, दिदिबहिनी भएको ठाँउमा भष्ट्राचारी भएको छैन् भने, महिलाहरु देश चलाउन सक्दैनन् भन्नेहरुलाई जवाफ दिनका निम्ति विद्या भटराईले जित्नुपर्छ भन्दै थपे, ‘योग्य महिला नेकपाले उठाएको छ । विद्या भटराई । उनले जित्नुपर्छ ।’

नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङले सरकारले धेरै विकासका काम गरेको बताउदै हिजोको निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गरेकाले भोट माग्न थुप्रै एजेण्डा रहेको बताए । विकास र समृद्धिको यात्रा अगाडी बढाउछौ, दुई पार्टी एक बनाउछौ र स्थायी सरकार दिन्छौ भनेका थियौ उनले भने, ‘हामीले अघिल्लो निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गरेका छौ ।’

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले ३० वर्षदेखि पार्टीमा क्रियाशिल लगनशील व्यत्तिलाई उम्मेदवार बनाएको बताए । उनल योग्य, सक्षम, युवा र प्राज्ञिक व्यक्तिलाई नेकपाले उम्मेदवार बनाएकाले अत्याधिक मतले विजयी गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य श्रीनाथ बराल, कास्कीका सचिव बखानसिंह गुरुङ, महिला परिचालन समितिका संयोजक एवं गण्डकी प्रदेश सांसद गायत्री गिुरुङ र महिला नेत्री रत्ना गुरुङ लगायतले विद्या भटराईलाई जिताउन महिलाहरुले आआफनो ठाँउबाट भुमिका खेल्नुपर्नेमा जोड दिए ।

पोखरा ८ मा चुनाव प्रचार प्रसार उपसमिति गठन

मंसिर १४ गते कास्की दुईमा हुने उपनिवाचनलाई प्रभावकारी बनाउन पोखरा महानगरपालिका वडा नम्वर ८ मा चुनाव प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।

नेकपा केन्द्रीय सदस्य एवं कास्की सहइन्चार्ज शारदाप्रसाद सुुवेदीको प्रमुख आतिथ्यतामा भएको बैकठले उत्तम पोखरेलको संयोजकत्वमा १७१ सदस्यीय निर्वाचन प्रचार प्रसार उपसमिति गठन गरेको छ भने भेलाले २५ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।

त्यस्तै पोखरा ८ मा १२ वटा टोल कमिटि समेत गठन गरेको छ । निर्वाचनलाई प्रभावकारी बनाउन टोलटोलमा कमिटि गठन गरिएको नेकपा पोखरा ८ ले जनाएको छ । फोनस कार्की, कृष्ण दाहाल, रमेश पौडेल, संजिव बराल, जीवन जिसी, नविन गिरी, राजेन्द्र जोशी, योगेन्द्र कँुवर र महेन्द्र कुवरलाई टोल कमिटिको जिम्मेवारी तोकिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.