www.tandavnews.com
Fact ~ In search of truth

यूवाको साथ कांग्रेसका उम्मेदवार खेमराजलाई

पोखरा ।

आगामी मंसिर १४ मा हुने निर्वाचनको लागि कास्की २ को राजनीतिक सरगर्मी ह्वात्तै तातेको छ । उमेद्वारहरु भोटमाग्दै घरदैलोमा ब्यस्त छन् । कांग्रेसबाट उमेद्वार बनेका स्वच्छ छवी भएका नेता खेमराज पौडेल पनि घरदैलोमै ब्यस्त छन् । मंगलबार खेमराजको चुनाबी प्रचार कार्यक्रम वडा नम्बर १७ को विरौटामा भएको थियो ।

अन्यत्र जस्तै त्यहाँ पनि खेमराजले चुनावी सभालाई सम्बोधन गर्दैै भने, ‘जीवनको लामो समय राजनीति र समाजसेवामै विताएँ । राजनीति भनेको उमेरले हैन विचार संगठनले गर्ने हो । यसैको आधारमा विकास निर्माणलाई अघि बढाउने हो ।’ उनले आफुलाई बृद्ध भनेर खिसीट्यूरी गर्नेहरुलाई पनि जवाफ फर्काए ।

Batas

‘मानिस उमेरले बुढो होला, तर, विचार कहिल्यै हुँदैन ।’ खेमराजको उमेद्वारीसँगै कास्की कांग्रेसमा गुटउपगुट अन्त्य भएको सन्देश दिएको दाबी गर्दै कांग्रेसका सबै नेताहरु उनकै प्रचारमा जुटेका छन् । यस पटकको चु्नाबमा खेमराजले यूवाहरुको पनि राम्रै साथ पाएका छन् ।

‘यस पटकको चुनाबमा खेमराज गुरुलाई चुनावमा जिताउनु पर्छ,’ पोखराका १७ इन्द्रमान गुरुङले भने, ‘जस्ले यहि समाज, गाउँ बदल्नपर्छ, विकास ल्याउन पर्छ भनेर यति लामो समय सामाजिक काममा बितायो । उहाँको त्याग र योगदानलाई कदर गर्दै यस पटक यहाँका यूवाहरुको साथ खेमराज गुरुलाई हुनेछ ।’ उनले यसपटकको चुनाबमा सबैले सोच विचार गरेर हाम्रो भन्दा पनि राम्रो उमेद्वारलाई भोट हाल्ने बेला आएको पनि बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.